Jump to content

User:देवप्रकाश शर्मा

From Wikipedia, the free encyclopedia

पाखनबेत पाखनबेत भनेको एउटा यस्तो पौधा हो जुन हामी औषधिको रूपमा प्रयोग गर्छौं र हामी पहाड़ी क्षेत्रतिर बस्नेहरू सबैले यो उद्भिद चिनेका पनि छौं। जराका आँख्लाहरूबाट पलाएर बढ्ने यो झार जातमा पर्ने उद्भिदले समयअनुसार फूल पनि फुल्छ। यसको फूल पनि धेरै आकर्षक हुन्छ। पात अलि चाक्लो वा बाक्लो प्रकारको हुन्छ। लगभग ढुङ्गाको चेप, भित्ता, चिसो ठाउँतिर यो उम्रिएको हुन्छ। हामीमध्ये कतिले त यो उद्भिद घरमै भित्तातिर रोप्नेगरेका पनि छौं। चाहिएको बेला यसलाई खोराकअनुसार चुँड़ाएर पात वा जरालाई औषधिको रूपमा प्रयोग गर्छौं। यसलाई वनस्पति शास्त्रमा बर्जिनिया लिगुलता (इशीसशपळर श्रळर्सीश्ररींर) भनिन्छ। यो उद्भिद जगतको झार जातीय पौधा हो र जरीबुटीको प्रजातिमा अनि परिवार र वर्ग साक्सिफ्रागासिया तथा साक्सिफ्रागेल्समा पर्छ। हामी यसलाई पाखनभेद, पाषणभेद, पाखनबेत, प्राशनवेद आदि नामले चिन्दछौं। नाम लगभग एउटै भए पनि यसको उच्चारण फरक-फरक भएको पाइन्छ। यो उद्भिद् कश्मीरदेखि भोटाङसम्म अनि उत्तरी हिमालय शृङ्खला तथा त्यसको छेउछाउका चिसो स्थान, लगभग 1500 मिटरको उचाइतिर पाइन्छ। यो उद्भिदमा एकप्रकारको मदिराजन्य तत्त्व पाइन्छ जुन तत्त्वले औषधिको काम गर्छ, यसको औषधीय गुण पनि यही तत्त्वको कारण भएको हो। यो तत्वले दुखाइ र जलन कम गर्ने अद्भूत काम गर्छ। यसमा रहेको तत्त्वमा हानिकारक ब्याक्टेरियाहरूलाई निष्क्रिय अनि समाप्त पार्ने गुण हुन्छ। दक्षिण एसियाका धेरैवटा देशहरूमा त्यहाँका मानिसहरूले यो उद्भिदलाई औषधिको रूपमा प्रयोग गर्छन् भने हामी पनि पाखनबेतको पात वा जरालाई पारम्परिक तरीकामै भए पनि औषधिको रूपमा प्रयोग गर्नेगर्छौं। यसमा रहेका तत्त्वले पिसाबसम्बन्धी दोषहरू समाप्त पार्छ। मिर्गौलामा पत्थर जमेको छ भने त्यो निष्काशन गर्नमा पनि यसमा रहेको तत्त्वले सहयोग गर्दछ। यसमा म्याग्नेसियम, एण्टिअक्सिडेण्ट गुण, जलन वा दुखाइ कम गर्ने तत्त्व, उरउ204 आदि हुनाले यो निक्कै लाभकारी औषधि सिद्ध भएको छ। मिर्गौलाको पत्थर हुँदा जमा हुने क्याल्सियम ओक्सालेट मोनोहाइड्रेटलाई आफूसितै शोषण गरी लिने क्षमता पाखनबेतको रसमा हुन्छ, जुन पछि पिसाबसितै उत्सर्जित हुन्छ भन्ने कुरा टेस्ट ट्युब अध्ययनबाट थाहा लागेको हो। हामी शरीर वा जिउ दुख्दा, नसाहरू दुख्दा, हड्डी दुख्दा यसको प्रयोग गर्छौं। अलिकति पानीमा पाखनबेत, बुढ़ीओखत र छ भने अलिकति चौंसुर (चम्सुर) उमाल्छौं। निक्कैबेर उमालेपछि त्यसलाई निकालेर सेलाउँछौं र थोरै मह फिटेर पिउँछौं। यसले हाम्रो शरीर दुख्ने समस्या दूर गर्छ भने पिसाब वा मूत्रनली, मूत्राशय तथा सम्पूर्ण मूत्रप्रणालीलाई पनि ठीक राख्न सहयोग गर्छ। यो निक्कै गुणकारी पौधा हो।