User:Sabin Aryal2017

From Wikipedia, the free encyclopedia

'नेपाली हुनुको गौरव

बिहानको सुनौला घामका किरणहरुसँगै जब म उठ्छु तब मैले मेरो कोठाको झ्यालबाट उत्तर तर्फ सेता दाँतका लहर देखाएर हाँसिरहेको हिमाल देख्छु। हिमालको हाँसोलाई अन्तरआत्मामा कैद गरेर यसो नजर फिराउदाँ केहि पर जंगलमा आफ्नो मिठो र सुरिलो आवाजमा गित गाउदै गरेको कोइली र पखेटा फिजाएर नाच्दै गरेको मयुर देख्दछु। त्यो कलकल बग्ने खोला झर-झर बग्ने झरनाको तालमा म हराउँछु,अनि मेरो अन्तर आत्माले एउटै गित गाइरहन्छ,एउटै गित गुनगुनाई रहन्छ, "बिहान् उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस् यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस् "

हो यहि गित म हरपल गाउँछु अनि हरेक क्षण म यहि गितको सुरतालमा हराउछुँ किनकि म नेपाली हुँ,मेरो देश नेपाल हो र यो मलाई मुटु भन्दा प्यारो छ,स्वर्गभन्दा सुन्दर छ र जिन्दगी भन्दा अमुल्य छ।मेरो प्रत्येक सासमा नेपाली हावापानी छ,नेपालको माटो छ,मेरो शरिको प्रत्येक थोपामा मेरो देश छ,मेरो मौलिक पन छ ,बुद्धले दिएका ज्ञान छ अनि सबै जातजाति ,धर्मसँस्कृती,भाषाभाषी प्रती अगाढ प्रेम र सम्मान छ। म सँग विश्वको छानो सगरमाथा छ ,बुद्धको महान ज्ञान छ,गोर्खाली भनेर गौरव गर्ने इतिहास छ अनि सृष्टि कै सबैभन्दा सुन्दर र प्यारो मेरो देश नेपाल छ। म जन्मै देखि अरुभन्दा अलग छु किनकि म नेपाली हुँ,मेरो छुट्टै स्वाभिमान छ ,मेरो छुट्टै पहिचान छ ,मेरो आफ्नै मौलिकता छ ।त्यसैले म नेपाली भएको मा गर्व गर्छु।

हामी नेपाली जसका लागि सिंगो देश नै घर हो र विविध जातजाति,भाषाभाषी र धर्मसँस्कृतिका मानिसहरू आफ्नै दाजुभाइ र दिदिबहिनी हुन अर्थात अनेकौं विविधताका बाबजुद पनि हामी मा एकता छ।देशको राष्ट्रिय अखण्डतालाई जोगाउन र देशको रक्षाका निम्ति तोपलाई पनि आफ्नो छातिले छेक्न सक्ने ,देश फुटाउन खोज्नेहरुलाई पहाड भएर थिच्न सक्ने अनि हाम्रो स्वाभिमान मा औंला उठाउनेहरुलाई आँधी~हुरि भएर उडाउन सक्ने हामी नेपाली जो जन्मै देखि स्वतन्त्र छौँ ,न त हामीलाई कसैको प्रभुत्व स्वीकार छ न त कसैको दासत्व नै स्वीकार छ। हामी जन्मै देखि स्वतन्त्र छौ र सदैव स्वतन्त्र रहिरहन चाहान्छौँ ।हामी सँग बुद्धले दिएको ज्ञान छ ,भत्ती,बलभद्र,भिमसेन र अमरले दिएको सान छ अनि परतन्त्रता र दासत्व नभई स्वतन्त्रता र आफ्नै खुट्टामा उभिएर बाच्न सक्ने हिम्मत ,आँट र साहास छ।देशमा भएका जातजाति जो एउटै बगैंचाका रंगिचंगी फुल सरि छन । आपसी सद्भाव,मेलमिलाप र सहयोगमा हामी राष्ट्रियता जोगाउन अडिग छौँ । हामीले पृथ्वीनारायणले दिएका एकताको सन्देशलाई औल्याएका छौँ ,केलाएका छौँ अनि अन्तर आत्मादेखी लगाएका छौँ । खोले र सिँस्नु खाए पनि,च्यातिएर धुजाधुजा भएको लुगा लगाए पनि हाम्रो राष्ट्रियता फाटेको छैन ,मैलिएको छैन अनि हाम्रो सगरमाथाको सान डगमगाएको छैन । कहिल्यै नसुक्ने कोसी छ, गण्डकी छ,प्रत्येक नेपालीको मुटुमा सहयोगी भाव छ ,मर्दा पर्दा सहयोग गर्नु पर्छ याद छ अनि आफनै झुपडी मा रमाउदै राष्ट्र र राष्ट्रियता लाई बचाउन सधैँ तत्पर माथ छ। " देशले रगत मागे बलि चढाउ मेरो ,रुँदिनन् मेरि आमा उ नेपालीको छोरी " हो हामी देशका लागि हाँसीहाँसी मर्न तयार छौँ किनकि हामी नेपाली हौं । हामी संग जनक ,सिताले देखाएका आदर्श छ ,अरनिको कलाकारिताले सजिएका सम्पदाहरु छ्न।यी सम्पुर्ण कुराहरुले हाम्रो देश सजिएको छ जहाँ वीर गोर्खालीको बाँस छ ,आफनै स्वाभिमान अनि आत्मसम्मानको आभास छ । धर्मसँस्कृती,रितिरिवाज,कलाकृती इन्द्रेणीका रंग सरि रंगिएका छन ।प्रकृति कै सुन्दर फुल र सिर्जनाले सजिएको देश नेपाल मा जन्मन पाउनुमा मलाई छुट्टै गौरव छ ।एउटा हातमा चन्द्रसुर्य अंकित झन्डा बोकेर माथमा भादगाँउले टोपी ढल्काउदै पटुकिमा खुकुरी भिर्दा म आफैंले आफुलाई ठुलो सम्झन्छु र मेरो शरीर सद्भाव र आनन्दले रमाउछ र म छाती फुलाएर आत्म गौरवका साथ भन्दछु " म नेपाली हुँ भनेर।"

" जननी जन्म भुमिश्च स्वर्गादपी गरियसी" अर्थात जो सुकै व्यक्तिलाई पनि जन्मभुमि स्वर्ग भन्दा प्यारो हुन्छ त्यही भएर होला मलाई सुनचादिँ हिरामोति चाहिदैँन् , मीठो र राम्रो चाहिदैँन् किनकि मलाई नेपाल आमाको काखमा बसेर पिठी नै खाए पनि मीठो हुन्छ र बीस नै पिए पनि अमृत हुन्छ ।तराई का फाँटहरुमा फल्ने मीठो खाना, पहाडको हरियो वनको चिसो हावा अनि हिमालका हिँउबाट निस्केका चिसो पानी अनि नेपाल आमाको न्यानो काख भए मलाई त्यही नै काफी छ। पृथ्वीको एकतालाई आत्मसात गर्दै अमर भक्ती र भिमले जस्तै हातमा हात र काँधमा काँध मिलाइ अघि बढने सहास जोस अनि बुद्धका शान्ति सन्देशलाई अन्तर आत्मामा अनि आफ्नो मुटुको प्रत्येक धड्कनमा राखेर म आफु नेपाली भएकोमा गौरव गर्छु। म शिर ठाडो गरेर छाती फुलाएर चिच्याई चिच्याई कराउन सक्छु " म नेपाली हुँ,मेरो लागि मेरो देश प्राण भन्दा प्यारो छ " भनेर

मातृभुमिका लागि समर्पित