Jump to content

User:Sechobayung

From Wikipedia, the free encyclopedia
A Glimpse of Khyampu Village

ख्याम्पु

ख्याम्पु हाल नेचासल्यान गाउँपालिका वडा नं. १ स्थित पर्ने एक  प्रसिद्ध गाउँ हो । हाल यहाँ मगर र बायुङ राई जातिको बसोबास रहेको छ भने सेचोचा दोचाको बायुङ राईहरुको बसोबास रहेको छ ।

ख्याम्पु गाउँको नामा बायुङ राई भाषाबाट उत्पत्ति भई विकास भएको हो भन्ने तथ्य पाइन्छ । बायुङ भाषाको दुईवटा शब्दहरु ‘खियाम’ र‘पुम’ को संयुक्तरुपबाट  विकास भएको हो । जसमा ‘खियाम’ भन्नाले ‘खर’ र ‘पुम’ भनेको ‘पाइने ठाउँ वा फेद’ भन्ने हुन्छ । उहिलेदेखि सुन्दै आएको तथ्यमा पहिले त्यो ठाउँमा धेरै मात्रमा खर पाइने भएकोले बायुङ भाषामा खरैखर भएको ठाउँ भनेर भन्दा ‘खियाम् पुम’ भन्दै भन्दै जाँदा ख्याम्पु भएको हो भन्ने मत अझै पनि स्थानीय बायुङ राईहरुमा रहेको छ ।